कलाकार र पत्रकार सम्मानित
Published by- Luitel Dinesh    |   From- Kathmandu     |     March 18, 2013    |     3176 VIEWS
 

टेलिभिजनको माध्ययमबाट सञ्चार क्षेत्रमा योगदान पुर्याएका दुई दर्जन  बढी पत्रकार तथा कलाकार टोफन अवार्ड मार्फत सम्मानित भएका छन् । टेलिभिजन कलाकर्मी मञ्च नेपालको वार्षिक उत्सवको अवसरमा वितरण हुँदै आएको टोफन अवार्डमा एबीसी टेलिभिजनको अपराध न्यूनिकरणसम्बन्धी कार्यक्रम डायल हन्ड्रेडलाई सर्वोत्कृष्ट भयो । कार्यक्रम हण्ड्रेडका कार्यक्रम निर्देशक एवम् प्रस्तोता डण्ड गुरुङलाई अवार्ड प्रदान गरियो । साथै कार्यक्रममा सगरमाथा टेलिभिजनको कार्यक्रम फरक विश्वका निर्देशक, प्रस्तोस्ता  गणेशमान गुरुङ, माउन्टेन टेलिभिजनको मिसन न्यूज र आधा आकाश, नेपाल टेलिभिजनको हाम्रा कुरा, चलचित्रसम्बन्धी कार्यक्रम रजतपट, क्ल्याब बोर्ड, एभेन्यूज टेलिभिजनको खबरभित्रको खबरले  अवार्ड प्राप्त गरे। उत्कृष्ट कार्यक्रम प्रस्तोतामा प्रेम बानियाँ, उत्कृष्ट समाचारवाचकमा विजय पौडेलले बाजी मारे । उत्कृष्ट जनसहभागितामूलक कार्यक्रममा साझा सवाल र उत्कृष्ट टक शोमा फायर साइड छानिएका छन् । कार्यक्रममा टेलिचलचित्रको क्षेत्रमा योगदान पुर्याएका पाँच जना  सम्मानित भए । यसरी सम्मानित हुनेमा वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्मा, वरिष्ठ निर्देशक तथा कलाकार कृष्ण मल्ल, वरिष्ठ छायाकार जयसिंह शाह, वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ र वरिष्ठ अभिनेत्री मिथिला शर्मा रहेका छन् । त्यस्तै हास्य टेलिश्रङ्खला तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सै, हर्के हवल्दार र नेपाल भाषाको समएबजीलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो । फोटो र भिडियो : दिपेश राजथारु

  Advertisements

 Photo Slide Show
 
Comments
 
Post your comments here
Full Name
Email Address
Website
Comment
 
 
 View Archive Events »
 
Search Event
Select Location
Enter Keyword
 
 Related Events        

Journalist Making Nepali Movie

EVENT in Nepal
May 22, 2013 349 Views

चलचित्र पत्रकारहरुको बार्षिकोत्सब मनाए

EVENT in Nepal
May 21, 2013 2271 Views

Tornado in Oklahoma USA

EVENT in North America
May 21, 2013 4987 Views

Facebook Trapped Me

EVENT in North America
May 20, 2013 1534 Views

मुक्तिनाथमा बुद्धको अग्लो मुर्ति बन्ने

EVENT in Nepal
May 20, 2013 581 Views

कलाकारले गरे बागमती सफाई

EVENT in Nepal
May 19, 2013 3887 Views

HongKong Nepal Body Building Association

EVENT in Nepal
May 20, 2013 1842 Views

How to do business in USA

EVENT in Nepal
May 19, 2013 2620 Views

Tukme and Magne in UK

EVENT in Europe
May 19, 2013 6470 Views

Nepali Album "Mayalai Ke Diu"

EVENT in Nepal
May 19, 2013 2015 Views

Sita Day in Kathmandu

EVENT in Nepal
May 19, 2013 1218 Views

Asian Festival in Washington DC

EVENT in North America
May 19, 2013 954 Views

 View More Events »